रवि लामिछानेविरूद्धको सुनुवाइ सकियो

२२ चैत्र,काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको रिटमाथिको सुनुवाइ सकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा भएको सुनुवाई सकिएको हो। आजको सुनुवाइमा निवेदक र रवि पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए।
बहस सकिएकाले आजै आदेश सुनाउने सर्वोच्चको तयारी छ। सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा भने लामिछाने समस्यामा पर्नेछन् भने अन्तरिम जारी नभए निर्वाचन लड्ने कानुनी बाटो खुल्ला हुनेछ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले राहदानी कीर्तेमा लामिछानेमाथि मुद्दा नचल्ने निर्णय गरेका थिए। युवराज पौडेल ‘सफल’ले लामिछानमाथि मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग गर्दै रिट दायर गरेका थिए।