२७ जेठ, कोहलपुर । कोहलपुर नगरपालीकाले कोहलपुर–नेपालगन्ज सडक खण्ड अन्तर्गत कोहलपुरको मुख्य बजार क्षेत्रको बाटो चौडा गर्ने कामलाई तिब्रता दिईएको छ । नगरपालीकाले कोहलपुर क्षेत्रको मुख्य सडकको दाँया र बाँया २१ मिटर सडक चौडा गर्ने भन्दै २१ मिटर भित्रमा बनाईएका संरचना हटाउन लागेको हो ।
सडकको केन्द्रबाट दायाँ, बायाँ दुवै तर्फ २१-२१ मिटर भित्र राखिएका निर्माण सामाग्री, व्यवसायिक सामानहरु, अतिक्रण गरी निर्माण गरिएका स्थायी वा अस्थायी संरचनाहरु हटाउन लागिएको कोहलपुर नगरपालीकाका प्रमुख पुर्ण प्रसाद आचार्यले बताए । त्यो संगै कोहलपुर नेपालगन्ज सडक खण्डमा राखीका डिभाईडरले पनि सडक साघुरो भएको भन्दै सडकभित्र परेका भौतिक संरचना हटाईसकेपछि डिभाईडर पनि हटाउने उनले बताए ।
सडक अतिक्रमण सँगै पैदल यात्रुलाई हिड्न समस्या हुने, सवारीसाधनको चाप बढ्दै गएकोले दुर्घटना पनि बढेपछि सडक को बिचभागबाट दाँयाँ बाँया दुबै तर्फका अतिक्रमित भएका संरचना हटाउन थालिएको कोहलपुर नगरपालीकाका नगर प्रहरी प्रमुख बिर बहादुर थापाले बताए । उनले भने फुटपाथलाई ब्यबस्थापन गर्ने र अतिक्रमित संरचना हटाउने योजना अनुरुप नै कोहलपुर नगरपालीका भित्र पर्ने दुईवटा राजमार्ग रत्न् राजमार्ग र पुर्बपश्चिम राजमार्गको सिमा भित्र रहेको अतिक्रमिति संरचना हटाउने उनले कोहलपुर खबरलाई बताए । अहिले कोहलपुर बजारको फुटपाथ क्षेत्रभित्र रहेका अस्थाई टहराहरु, पेटी, सिंढि, ट्रस लगाएतका संरचना हटाउने काम भईरहेको नगर प्रहरी प्रमुख थापाले बताए ।
बर्षाको समय नजिकिदै गर्दा यसले जनतामा प्रत्यक्ष असर त गर्छ होला नि ? भन्ने हाम्रो प्रश्नमा उनि भन्छन् ‘सके सम्म यो अतिक्रमित संरचना छिटोभन्दा छिटो हटाउने उद्धेश्यले दैनिक १२ देखि १८ घण्टा फिल्डमा काम गरीरहेका छौं । सके सम्म छिट्टै काम सम्पन्न गर्ने योजनामा छौं ।’ भौतिक बिकास संगै अब कोहलपुर नगरपालीकालाई हरीत नगर बनाउन एक घर एक बिरुवाको अबधारण पनि अघि सारेको उनले बताए ।
कोहलपुर खबर । २७ जेष्ठ २०८०, शनिबार ०९:१८