७ असार, नेपालगन्ज / बाँकेको खजुरा स्थित कपास विकास समिति कार्यालयको निरीक्षण गरिएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयका उपसचिवद्धय निर्मल न्यौपाने र बिष्णुहरी उपाध्याय, शाखा अधिकृत जगत भुसाल लगायतले सोमबार निरीक्षण गरेका हुन् ।
उनीहरुले कपास विकास समितिको कार्यालयमा रहेका उपकरणको अवस्था र आन्तरिक ब्यवस्थापन तथा कपासको वास्तविक समस्याका विषयमा जानकारी लिएका थिए । निरीक्षणमा आएको टोलीलाई कपास विकासको अवस्थाबारे कार्यकारी प्रमुख बुद्धबहादुर थापाले जानकारी गराएका थिए ।
सो क्रममा निरीक्षण टोलीले कपास विकास समितिप्रति सकारात्मक भएको प्रतिक्रिया दिएको समितिका अध्यक्ष हेमन्तराज काफ्ले बताए ।
कोहलपुर खबर । ७ असार २०७९, मंगलवार ०६:२३