६ चैत्र कोहलपुर ।
जिल्ला ट्राफिक कार्यालय बाँकेले पत्रकार भेटघाटमा कार्यक्रम गरेको छ । स्थानिय सरकार र जिल्लाका सरोकारवाला निकायसंग समन्वय गरी जिल्लामा ट्राफिक ब्यबस्थापन गर्नु पर्नेमा जोड दिएको छ । जिल्लामा साझको बेला मापसे गरी सवारी चलाउनु यहाँको प्रमुख समस्या भएको भन्दै बढि भिडभाड जथाभावी सवारी साधन पार्किङ गर्ने कार्यले दुर्घटना बढि हुने देखिन्छ। बढि दुर्घटना हुने स्थानको पहिचान गरि कार्ययोजना बनाई कार्यान्वयन गर्ने हो भने दुर्घटना न्युनिकरण गर्न सकिने प्रहरी निरीक्षक तिलक सुनारले बताएका छन् ।
बाँके जिल्लामा सरुवा भएर आएका प्रहरी निरीक्षक सुनारको पहिलो प्राथमिकता मापसे र सडक दुर्घट्ना नियन्त्रण गर्नुपर्ने बताए । ट्राफिक जनशक्तिको कमिका कारण बाँके जिल्लाका सबै स्थानहरूमा ट्राफिक प्रहरी पुग्न नसकेको सुनारले बताए । जिल्लामा ६८ जना ट्राफिक प्रहरीहरुले सबै ठाउँमा पुग्न एक जना ट्राफिक प्रहरीले ९ किलोमिटरको डियुटि गर्नुपर्ने अबस्था रहेको छ ।
बढ्दो जनघनत्व, सवारीसाधनको चाप र सीमित जनशक्तिका कारण नेपालगन्ज र कोहलपुरको ट्राफिक व्यवस्थापन सुधार गर्न चुनौतिपूर्ण रहेको कोहलपुर खबरलाई जानकारी दिए ।
ट्राफिक नियमको पालना नगर्ने, मापसे गरेर साधन चलाउने, तीब्र गतिमा सवारी साधन चलाउने गरेको कारणले दुर्घटना बढिरहेका छन् । जसले गर्दा आफ्नो ज्यानमात्र गुमाएका छैनन् । उनीहरुका कारण निर्दोष पनि दुर्घटनाको शिकार बनेका छन् । ट्राफिक प्रहरी प्रमुख सुनारले संगठनभित्र आर्थिक अनुशासनलाई मजवुत पारिने विश्वास समेत दिलाए ।
कोहलपुर खबर । ६ चैत्र २०७९, सोमबार २२:५५