४ चैत्र, नेपालगन्ज / काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि बिचबाटोबाटै फर्कियो ।
बिहान साढे सात बजे उडेको बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको थियो । जहाजमा ६२ जना यात्रु सवार थियो । फकाईएको जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल ल्याण्ड गरियो।
जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको र उक्त जहाजका यात्रुलाई अर्को जहाजका पठाउने तयारी गरेको बुद्ध एयरले जनाएको छ ।
कोहलपुर खबर । ४ चैत्र २०७९, शनिबार १२:०६