४ चैत्र कोहलपुर
बाँके कोहलपुर नगरपालिका १२ मा रहेको ज्ञानकुञ्ज ई.मि. स्कुलको ७ औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । ज्ञानकुञ्ज ई.मि. स्कुलका सस्थापक महेन्द्र जङ्ग कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोहलपुर नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल प्रमुख अतिथि थिए।
तपाईहरुका नानि बावुहरुलाई तपाइले भर्ना गर्नुभएको स्कुलले राम्रो शिक्षा दिएको र यही विधालयबाट गुणस्तरीय शिक्षा प्राप्त गरेको कोहलपुर नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालले भने यस बिधालयमा अध्ययन गरिरहेका बिधार्थीको उज्ज्वल भविष्य निर्धारण गर्ने एक महत्वपूर्ण संस्थाको रूपमा शिक्षा दिएको र बिधार्थीहरुलाई राम्रो संस्कार सिकाउन अभिभावकको ठुलो भुमिका रहेको नगर शिक्षा शाखा प्रमुख हमालले अभिभावकलाई भन्दै विद्यालयले दिएको व्यवहारिक र गुणस्तरीय शिक्षासँगै जीवनोपयोगी शिक्षाका लागि अतिरिक्त क्रियाकलापसँग जोडिएर विद्यार्थीहरुको प्रतिभालाई समेत प्राथमिकता दिएको बताउनु भएको हो ।
त्यस्तै बाँकेमा सन्चालन भएका सस्थापक बिधालयहरु मध्ये ज्ञानकुञ्ज ई.मि. स्कुलले आज ७ औं अभिभावक दिवसलाई मध्यनजर गरि परीक्षामा उत्कृष्ट नम्बर ल्याएर उत्तीर्ण भएका बिधार्थीलाई पुरस्कार वितरण कार्यक्रम गरेको र शैक्षिक हवका रुपमा विकास गर्ने उद्देश्यले सुरु भएको ज्ञानकुञ्ज ई.मि. स्कुलले नागरिकहरुलाई शिक्षासँगै जीवनोपयोगी ज्ञान प्रदान गरिरहेको क्रिशा कोहलपुरका अध्यक्ष तथा जनजोती पप्लीक स्कुलका संन्चालक बेग प्रकाश चन्दले बताउनु भयो ।
अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमको समारोहमा नेशनल प्याब्सन बाँकेका वरिष्ठ उपाध्यक्ष किशोर मल्ल, सामजिक अभिनयान्ता मान बहादुर महतारा, कोहलपुर हेल्थ केयर अस्पतालका सन्चालन ललित पहाडी लगाएत संचारकर्मी, शिक्षक, बिधार्थी र अभिभावकको उपस्थिति रहेको थियो।
फोटो फिचर
कोहलपुर खबर । ४ चैत्र २०७९, शनिबार २२:३३