नेपालगन्ज महोत्सवको प्रचारप्रसार तिब्र रुपमा भएको : संयोजक कंडेल

  ८ माघ कोहलपुर / बाँकेको नेपालगञ्जमा माघ १० देखि २४ गते सम्म संचालन हुनलागेको ‘चौथो प्रादेशिक औद्योगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को तिब्र गतिमा तयारी भईरहेको छ ।

नेपालगन्जमा हुन गहिरहेको महोत्सवको प्रचारप्रसारमा महोत्सवको सहकार्य गर्दै आएका सबै मिडियाले सोचेको भन्दा बढी प्रथामिकता दिएको महोत्सव प्रचारप्रसार समितिले जनाएको छ। महोत्सव प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले मिडियाले महोत्सवबारे प्रचारप्रसार सोचेको भन्दा धेरै राम्रो संग भईरहेको बताए ।

’त्यस्तै प्रचारकै क्रममा प्रचार गाडी, अटोहरु पनि बिभिन्न ठाँउमा बिहान ७ देखि साँझ ७ बजे सम्म प्रचारप्रसारलाई तिब्रता दिएको जानकारी दिएका हुन् ।

महोत्सवलाई उत्कृष्ट बनाउन अनलाईन मिडिया, छापा मिडिया, रेडियो, टिभि लगायत अन्य क्षेत्रबाट पनि पत्रकारहरुले सहकार्य गरिरहेका छन् । छोटो समयमा प्रचारप्रसारमा सन्तोषजनक काम भईरहेको अनुभुति पाएको प्रचारप्रसार समितिका संयोजक कंडेलले बताए ।’

महोत्सवमा पाल्नुहुने दर्शकहरुलाई बाटोमा स्वागतका लागि स्वागत गेट निर्माण गरिने र राप्तीसोनारी, कोहलपुर, खजुरा र रुपैडिहा तर्फबाट पाल्नुहुने दर्शकहरुको ध्यान आकर्षित गर्नकोलागी आकर्षक ठाउँमा ब्यानर राखिएको संयोजक संडेल बताए ।

नेपालगन्ज महोत्सवको आयोजना भने नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा. लि.को सह-आयोजनामा महोत्सव सन्चालन हुनेछ ।