६ भदौ, कोहलपुर । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको पहिलो बार्षिक उत्सवको पुर्ब सन्ध्या मा दिप प्रज्वलन गरिएको छ ।
प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको आयोजनामा प्रथम बार्षिक उत्सवको अबसरको पुर्व सन्ध्यामा ज्ञात अज्ञात सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिप प्रज्वलन गरिएको प्रेस सेन्टर कोहलपुर नगर समितिका अध्यक्ष पुष्पराज हमालले बताए । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती दिएका तथा नेपालका हरेक परिबर्तनका लागि संचार क्षेत्रबाट जिवन आहुती दिने बिर सपूतहरूको सम्झनामा प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको प्रथम बार्षिक उत्सवको अबसरमा दिप प्रज्वलन गरेको हमालले बताए । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको प्रथम बार्षिक उत्सव तथा संचार क्षेत्रका चुनौती विषयक अन्तर्त्रिया कार्यक्रम भदौ ७ गते बिहिबार कोहलपुरको सहिद स्मृति भवनमा हुदैछ ।
दिप प्रज्वलन कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य शिव सुनार, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाकेका अध्यक्ष राजेश आचार्य लगाएत कोहलपुर नगर समितिका सदस्य तथा पत्रकारहरु को उपस्थिति रहेकोे थियो ।
कोहलपुर खबर । ७ भाद्र २०८०, बिहीबार ००:३७