कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

असोज २७ कोहलपुर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत सहितको सनाखत केदार कार्कीले पाएपछी कोशी प्रदेशको मुख्यमन्त्रीम नियुक्त भएका हुन । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोको पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७/ ४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए ।

तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८ (५) बमोजिम कार्की मुख्यमन्त्रीमा नियुक्त भए ।

सनाखतपछि प्रदेश प्रमुखले भने, ‘माननीय केदार कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर सनाखत भएको हुँदा माननीय केदार कार्कीलाई मुख्यमन्त्री भएको घोषणा प्रदेश प्रमुखले गरेका हुन ।

मुख्यमन्त्री नियुक्त भएका कार्की नेपाली कांग्रेसबाट विद्रोह गरेका हुन् । कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेत समर्थन जुटाएर कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए ।

कार्कीलाई नै समर्थन गरेका कांग्रेस सांसदसमेतको हस्ताक्षरमा माओवादीका आङ्बोले पनि मुख्यमन्त्रीको दाबी गरेका थिए । तर, बहुमत नपुग्ने भएपछि उनको पक्ष सनाखतमै सहभागी नहुदा कार्की बहुमतको सांसदको समर्थनमा मुख्यमन्त्री बने ।