कल्पना शाही
१४ जेठ, कोहलपुर । हो हामि क्षय रोग अन्त्य गर्छौ भन्ने मूल नाराका साथ कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षय रोग आधारभुत मोडुलर सम्बन्धि ३ दिने तालिम आज बाट सुरु गरीएको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतख टिकाराम ढकालको अध्यक्षतामा तालिमको उद्धघाटन गरीएको छ । कोहलपुर नगरपालिकाले जिल्लालाई क्षयरोगी न्युनिकरण गर्न सक्रिय रुपमा लागि परेको छ । ३ दिने क्षयरोग मोडुलर तालिम आइतबार बाट जिल्लामा सुरु गरीएको हो ।
पछिल्लो समय कोहलपुरमा क्षय रोगका बिरामीको दरमा बृद्धि भए संगै यसलाई न्युनिकरण गर्नको लागि नगरपालिका क्षेत्रका स्वास्थ्यकर्मी हरुलाई यसबाट बच्ने उपायका बिषयमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरीएको अधिकृत ढकालले जानकारी दिए ।
कोहलपुर नगरपालिका समाजिक विकास संयोजक ईश्वरी प्रसाद विश्वकर्माले क्षयरोगको समयमै पहिचान गरी क्षयरोगीहरुको उपचारमा सहयोग पु¥याउन रक्षयरोगीको सम्पर्कमा पुगेर स्वास्थ्य परिक्षण गर्न स्वास्वास्थ्यकमीृहरुलाई अग्रह गरेका छन् ।
कोहलपुर नगरपालिकाका स्वास्थय शाखाका क्षयरोग फोकल पर्सन मानव नेपालीले क्षयरोग सम्बन्धि तालिममा उपस्थित स्वास्थ्यकर्मीहरुलाई क्षयरोग सम्बन्धि जानकारी दिए । क्षयरोग स्वासप्रस्वास मार्फत सर्ने सरुवा रोग हो उनले भने यसको मुख्य लक्षण भनेको खोकि लाग्नु, ज्वरो आउनु, श्वास फेर्न गाह्रो हुनु, छाति दुख्ने जस्ता लक्षण देखिने बताए छन् । यस्तो लक्षण देखिने बित्तकै स्वास्थ्य संस्थामा गई उपचार सेवा लिन पर्ने सुझाब दिएका छन् । नियमित ६ महिना सम्म औषधि सेवन गरे सन्चो हुने बताए ।
नेपाल सरकारले क्षयरोग सम्बन्धि ओषधि निःशुल्क वितण गर्दै आएको क्षयरोग फोकल पर्सन मानव नेपालीले जानकारी दिए । कोहलपुर नगरपालिका १ देखि १५ नम्बर वडाका १–१ जना गरी १५ जना स्वास्थ्यकर्मीहरु उपस्थित रहेको छ । उक्त तालिम तिन दिन सम्म संचालन हुने छ ।
कोहलपुर खबर । १४ जेष्ठ २०८०, आईतवार २१:३३