कोहलपुर। कोहलपुरमा रहेको महिला उपकारको ४५ दिने हाते बुनकर तथा होजियारी सम्बन्धी तालिम आज सम्पन्न भएको छ।
महिला दिदिबहिनीहरुलाई आर्थिक क्षेत्रमा अगाडि बढाउनको लागि दुई दशक देखि कोहलपुरमा महिलाहरुको हकहितको लागि काम गर्दै आइरहेको सस्था महिला उपकार मन्चले संचालन गरेको ४५ दिने हाते बुनकर होजियारी तालिम सम्पन्न भएको छ ।
महिला उपकार मन्च कोहलपुरको आयोजनामा ४५ दिनदेखि सन्चालनमा रहेको तालिम बिहीवार कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । महिला दिदिबहिनीहरुलाई आर्थिक क्षेत्रमा अगाडि बढाउनको लागि दुई दशक देखि कोहलपुरमा महिलाहरुको हकहितको लागि काम गर्दै आइरहेको सस्था महिला उपकार मन्चले संचालन गरेको ४५ दिने हाते बुनकर होजियारी तालिम सम्पन्न भएको छ ।
महिला उपकार मन्च कोहलपुरको आयोजनामा ४५ दिनदेखि सन्चालनमा रहेको तालिम बिहीवार कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले तालिममा सिकेका कुरालाई व्यवहारीक रुपमा उतार्नका लागि आग्रह गर्नुभयो । उहाँले कोहलपुर नगरपालिकाले महिलाहरुका लागि बिभिन्न तालिम सन्चालन गर्दै आयाआर्जनको लागि सहयोग गर्दै आइरहेको र आगामि दिनमा पनि नगरपालिकाको भरपुर साथ सहयोग अनि सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले महिलाले सञ्चालन गर्ने उद्योगले महिला आत्मनिर्भर हुनु मात्र नभएर मुलुकको आर्थिक समृद्धिमा समेत टेवा मिल्ने धारणा व्यक्त गर्नु भयो ।
यस्तै ४५ दिनसम्म दाङ बाट आएर कोहलपुरमा बसेर महिला दिदिबहिनीहरुलाई न्युन शुल्कमा तालिम दिएर आफैमा आत्मनिर्भर बन्न सिकाउने प्रशिक्षक रचना सुवेदीलाई धन्यबाद दिदै सस्थाकि अध्यक्ष चन्द्रकला न्यौपानेले ४५ दिनको तालिमले महिला दिदिबहिनीहरु आफैले केहि गर्न सक्ने भएको हुँदा आगामि दिनमा उनिहरुले सिकेको सिपलाई थप इट्टा थप्ने कार्य स्थानिय सरकारले गर्नुपर्ने धारणा राख्नु भयो। सस्था स्थापना भएदेखि आजसम्म महिला उपकार मन्चले आजका दिनसम्म सामाजिक क्षेत्रमा धेरै काम गर्दै आइरहेको र अबका दिनमा पनि निरन्तर महिला दिदिबहिनीहरुलाई आर्थिक रुपमा सफल बनाउन लागिपर्ने बताउनु भयो। उहाँले इच्चा र चाहानाका साथ अघि वढे सफलता हात पार्न सकिने बताउनुुभयो ।
तालिममा कोहलपुर नगरपालिका भित्रका २३ जना महिला दिदिबहिनीहरुले ४५ दिनको अबधिमा टोपी, गलबन्दी, स्वेटर, पञ्जा, मोजा, रुमाल, टेवुल पोस , लगायतका हस्तकलाका सामग्री बनाउन सिक्नु भएको थियो। समापन कार्यक्रममा लुम्बिनी प्रदेशकि पुर्व कृषिमन्त्री आरति पौडेल, उपकार लघुबित्त बित्तीय सस्थाकि अध्यक्ष शान्ति ढकाल , महिला उपकार मन्चकि पुर्व अध्यक्ष एवम् सल्लाहकार बिजुला अधिकारी , भगवती बराल,बैजनाथ गाउँपालिकाकि पुर्व उपाध्यक्ष शारदा बिश्वकर्मा, घरेलु महासंघ कोहलपुरका अध्यक्ष हेम बिक्रम जिसि , सदस्य बसन्त क्षेत्री लगायको उपस्थिति रहेको थियो।
कोहलपुर खबर । २५ फाल्गुन २०८०, शुक्रबार २२:०९