२० असार,बाँके / माध्यामिक शिक्षा परीक्षा (एसईईको) नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले लगभग सबै तयारी पूरा भएको जानकारी दिएका छन्।
उनका अनुसार आजै नतिजा आउने सम्भवना भने कम छ। भोलि या पर्सिसम्म नतिजा प्रकाशन हुने उहाँले बताउँनु भएको छ । आज बोर्डले परिक्षाको नतिजा हेर्न सकिने वेवसाइटबारे सुचना जारी गर्दै जानकारी गराएको हो।
बोर्डका अनुसार एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिन्छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन्। जसमा १४ वटा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिन्छ।
नेपाल टेलिकमको एसएमएस, आइभिआरमा १६०० मा डायल गरी नतिजा हेर्न सकिनेछ। एसइईको नतिजा पूरानै पद्धती अनुसार हुने भएको छ।
गत चैत १७ गते सुरु भएको एसइई परीक्षामा देशभरका ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए।
कोहलपुर खबर । २० असार २०८०, बुधबार ११:४१