तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीको नाम टुंगो लगाएको छ

३ माघ, काठमाडौं  / राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीको नाम टुंगो लगाएको छ। आज बिहान बसेको रास्वपा संसदीय दलको बैमठकले दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको छ ।

रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डाक्टर तोसिमा कार्कीलाई पठाउने भएको छ।

सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो गरेका थिए उपप्रधानसहित गृहमन्त्रीको रुपमा लामिछाने यस अघि नै सरकारमा सामेल भइसकेका हुन्।

शिक्षामन्त्री बन्न लागेका खनाल काठमाडौं-६ बाट निर्वाचित सांसद हुन् । अर्याल भने समानुपातिक सांसद हुन् । स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी कार्की ललितपुर–३ बाट निर्वाचित सांसद हुन् । (थाहा खबर बाट)