२७ असार, कैलाली । कैलालीको टीकापुरमा २ जना युवकमाथि खुकुरी प्रहार भएको छ । कैलाली जिल्ला नेकपा एमालेको कमिटि सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीमाथि खुकुरी प्रहार भएको हो ।चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । शाह समूह नेपाली काँग्रेस निकट रहेको र राजनीतिक कारणले खुकुरी प्रहार भएको हुनसक्ने बताइएको छ । अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।
कोहलपुर खबर । २७ असार २०८०, बुधबार १६:३५