२६ पुस, कोहलपुर । सडक दुर्घटनामा घाईते भएका एक ब्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुर तनावग्रस्त बनेको छ । बैजनाथ गाउँपालिका २ डिगियाका कर्ण बहादुर रोकाय २४ गते सडक दुर्घटनामा घाईते भएका थिए । बैजनाथ १ चिसापानीमा आइतबार साँझ सडक दुर्घटनामा परी समान्य घाईते भएका ३७ वर्षिय रोकाया उपचारकालागि अटो रिक्सा चढेर आफै मेडिकल कलेज कोहलपुर पुगेका थिए । तर अस्पतालको आपतकालिन कक्षमा प्राथमिक उपचारका क्रममा लगाईएको सिरिन्जका कारण उनको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलित भएका छन ।
स्रोतका अनुसार रोकायालाई एलर्जिको समस्या थियो । दुखाई कम गर्ने सिरिन्ज लगाए लगत्तै बान्ता गरेका रोकायालाई पुनस् अर्को सिरिन्ज लगाएपछि उनी अचेत भएका थिए । अचेत अवस्थामै भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उनको मृत्यु भएको स्रोतले जनाएको छ । यद्यपि अस्पताल प्रशासनले भने अहिलेसम्म मृत्युको कारण खुलाएको छैन ।
मृतकका आफन्तका अनुसार मृतक सोकायाको ओठमा सामान्य चोट लागेको थियो । ‘ओठमा समान्य चोट लागेको थियो, रगत बगिरहेको थियो’ मृतकका एक आफन्तले भने, ‘रगत रोक्न डाक्टरले सुई लगाउन वित्तिकै अचेत हुनुभएको थियो, पछि डक्टरले मृत घोषणा गरे ।’
डक्टरको लापरबाहीले सामान्य घाईतेको ज्यान गएको भन्दै अहिले आफन्तहरुले आन्दोलन गरिरहेका छन् । रोकायलाई आपतकालिन सेवामा रिसिन्ज लगाइएको थियो । आईतबार नै रोकायाको मृत्यु भएपनि अस्पतालले सोमबार राती करिब २ बजेतिर मात्र मृत घोषणा गरेको उनिहरूको आरोप छ ।
अहिले मृतक पक्ष र अस्पताल प्रशासनबिच वार्ता भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । अस्ताल परिसरमा ठुलो सँख्यामा प्रहरी परिचालन गरीएको छ ।
कोहलपुर खबर । २६ पुष २०७९, मंगलवार १४:०३