५ मंसिर बाँके / कोहलपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरी कठायत र शक्तिनगर टोलबिकास समितिका सचिव तारा वली को जन्मदिनको अवसरमा सरसफाई कार्यक्रम गरेका छन् । कोहलपुर नगरपालिका वडा नं २ मा रहेको दुई वटा मतदान केन्द्रमा मतदान सम्पन्न भईसके पछि मतदान केन्द्रमा भएको फोहोर आज व्यवस्थापन गरिएको हो ।
जन्मदिन को अवसरमा अध्यक्ष हरी कठायत लगायत मुक्ति प्रावि विव्यस अध्यक्ष राजाराम थारू, मुक्ति प्रा.बिका प्रधानाध्यापक रमेश केसी, शक्तिनगर टोलबिकास समितिका अध्यक्ष विजय बोहोरा, मुक्तिनगर टोलबिकास समिति अध्यक्ष दिल कुमार थारू, नेपाली कांग्रेसका कोहलपुर नगर सचिव बाल कुमार शर्मा, लक्ष्मी मा.वि का शिक्षक राजन कडेल, बर्दहवा टोल बिकास समिति अध्यक्ष रामविलास थारू लगाएतको टोलीले आज सरसफाई गरेका हुन् ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष कठायतले नगरलाई सफा राख्ने हामी सबैको दायित्व भएकोले सबैले आफ्नो टोल समाज लाई सफा राख्न आग्रह गरे ।
यस्तै समाजका हरेक गतिविधिमा सबैले चासो दिनुपर्ने पनि बताएका हुन् ।
कोहलपुर नगरपालिका वडा नं २ का अध्यक्ष कठायत निर्वाचित भएर आए पश्चात वडा २ को विकासका लागि अहोरात्र लागिपरेका छन् ।
त्यस्तै नेपाली कांग्रेस कोहलपुर नगर सचिव बाल कुमार शर्मा भने कोहलपुर वडा नं. २ को समग्र विकासको लागीका बिभिन्न राजनितिक दलका नेताहरु लगाएत समाजसेवी व्यक्तिले पनि बिकासका विषयमा सबैले आ-आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने शर्माले बताएका छन्।
कोहलपुर खबर । ५ मंसिर २०७९, सोमबार १५:४६