पुष्पराज हमाल
२५ कार्तिक कोहलपुर / आगामी मंसिर ४ मा प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर १ मा पाँच दलिय बाम- लोकतान्त्रिक गठबन्धनले आफ्नो प्रतिवद्दता पत्र शुक्रबार पत्रकार सम्मेलन गरि सार्बजनिक गरिएको छ ।
कार्यक्रममा प्रतिवद्दता पत्रलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकि, प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार महेश्वर जंग गहतराज (अथक) नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य अशोक कोइराला, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, प्रदेश सभा-१(ख) का उम्मेदवार फुलाराम थारु र क्षेत्र नम्बर १ का निर्वाचन परिचालन समितिका संयोजक नरेन्द्र न्यौपानेले संयुक्त रूपमा सार्बजनिक गरेका हुन ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य पदका उम्मेदवार महेश्वर जंग गहतराज (अथक) र फुलाराम थारुले प्रतिवद्दता पत्रमा सबै कुरा समेटिएको र छुटेका कुराहरुलाई समेटिने छ भन्दै समग्र बाँके जिल्लाको बिकासको विषयमा पत्रकार सम्मेलनमा मन्तव्य व्यक्त गरेका थिए।
कोहलपुर खबर । २५ कार्तिक २०७९, शुक्रबार १९:३१