६ असोज कोहलपुर
कोहलपुर नगरपालिका वडा नं. ३ मा बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन क्षेत्र नं। १ (ख) को संयुक्त निर्वाचन परिचालन समितिको प्रचारप्रसार सम्पर्क कार्यालयको लम्बिनि प्रदेश कमिटी सदस्य अन्जना पान्डेले उद्घाटन गर्नुभएको थियो ।
वडास्तरीय संयुक्त निर्वाचन परिचालन तथा सम्पर्क कार्यालय स्थापना गरि बाम लोकतान्त्रीक गठबन्धनलाई बलियो बनाई आगामी मंसिर ४ गते गठबन्धनको टिमलाई बिजय गराउने उद्देश्यले बाम लोकतान्त्रीक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका नेता युवारज विष्टले गठबन्धनले कुनै ब्याक्तिका विरुद्ध नभई संविधानको रक्षाका निमित्त लोकतन्त्रको संस्थागत विकासका लागि प्रतिगामी तत्व राजतन्त्रलाई सैद्धान्तिक आधार मान्ने राजावादी राजतन्त्रको पुनर्वाहालीका पक्षमा मतदान गर्ने नेकपा एमाले लाचार प्रवृत्ति र प्रतिगमनका विरुद्धमा हो। मुलुक लाई स्थाइत्व दिन स्थाइ सरकारको हामिले परिकल्पना गरेर आज लोकतन्त्रका हिमायती दलहरूले गठबन्धन गरेर निर्वाचनमा होमियका लोकतन्त्र लाई जीवन दिन संविधानको कार्यन्वयन गर्ने पक्षमा युवा विद्यार्थी साथीहरूलाई कटिबद्ध भयर गठबन्धनलाई सहयोग गर्न आह्वान गरेका थिय।
।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अन्जना पान्डे, कार्यक्रम संयोजक प्रभा बुढा, विशिष्ट अतिथि दामोदर अधिकारी लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
कोहलपुर खबर । ६ कार्तिक २०७९, आईतवार २१:३६