अडियो रिपोर्ट : सिचाइ अभावमा खेती नहुँदा भोकमरीको सम्भावना

यसवर्ष समयमै मनसुन सक्रिय नहुँदा बाँकेका किसानहरु प्रभावित भएका छन् । समयमा पानी नपर्दा यहाँका किसानले खेती गर्न पाएनन् । बाँकेको नरैनापुरलाई सुख्खाग्रस्त क्षेत्रसमेत घोषणा गरिएको छ ।

बाँके जिल्ला कृषिको लागि बिशेष क्षेत्र मानिन्छ ।  जिल्ला कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यस जिल्लामा आर्थिक बर्ष ७५/७६ मा ३६ हजार ५ सय हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट १४,६००० मेट्रिक टन धान उत्पादन भएको थियो । तर आर्थिक वर्ष ७६/७७ मा भने धान उत्पादन घटेर १२, ४१०० मेट्रिक टनमात्र उत्पादन भएको थियो। ३६ हजार ५ सय दशमलब ६७ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट आर्थिक बर्ष ७७/७८ मा १५६, ९५२ मेट्रिकटन र ७८/७९ मा ३६ हजार ५ सय १४ हेक्टर क्षेत्रफलमा उत्पादन घटेर ७४९५६.०० मेट्रिक टन धान उत्पादन भएको थियो ।

सुन्नुहोस अनिता बिश्वकर्माले तयार पारेको अडियो रिपोर्ट