बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ८ चौफेरीस्थित पुष्पनगर टोलमा गत २५ गते राति दुई समूहबीच भएको झडपका क्रममा चक्कु प्रहारबाट घाइते भएका १८ वर्षिय दिनेश रोकायको उपचारको क्रममा निधन भएको छ । रोकायको लखनउस्थित सामरा अस्पतालमा मृत्यु भएको पारीवारीक श्रोतले पुष्टि गरेको छ।
स्थानीयवासिहरूका अनुसार उक्त रात गाउँमा विवाह समारोह चलिरहेका बेला दुई समूहबीच विवाद उत्पन्न भएको थियो। विवादले उग्र रुप लिंर्दै धारिलो हतियार हानाहानका क्रममा रोकाय शक्त घाईते भएका थिए । रोकायसहित ७ जना घाइते हरुको नेपालगञ्जका विभिन्न अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर अवस्थामा रहेका दिनेश रोकायलाई भारतको लखनउ लगिएको थियो। उपचारकै क्रममा रोकायको निधन भएको पुष्टि गरिएको छ।
घटनापछि स्थानीयबासीले दोषीलाई कानूनी कारबाही गर्न माग गरेका छन्। साथै, उनीहरूले प्रशासनलाई छिटो अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरेका छन्। प्रहरीका अनुसार घटनामा संलग्न भएकाहरूको पहिचान गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको वताईएको छ।
युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-२ बस्ने ३५ वर्षीय राम बहादुर राना र सोही गाउँपालिका-६ बस्ने १७ वर्षीय किशोर रहेका छन्। बैजनाथ गाउँपालिका-८ का २५ वर्षीय दिनेश रोकायाको हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
सोही गाउँपालिका-८ बिचलाईनस्थित विवाह कार्यक्रममा वादविवाद हुँदा उनीहरूले दिनेश समेत ६ जनालाई शुकबार राति कुटपिट गरेर घाइते बनाएका थिए। गम्भीर घाइते भएका दिनेशको मेडिकल कलेज कोहलपुरमा प्राथमिक उपचारपश्चात भारतको लखनउ पठाइएको थियो।
उपचारका क्रममा आइतबार बिहान दिनेशको मृत्यु भएको हो। साथै कुटपिटबाट घाइते भएका अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
कोहलपुर खबर । २८ माघ २०८१, सोमबार ०७:०७