८ पुष, कोहलपुर । पौष ९ गते (भोली) देखि कोहलपुरमा संचालन हुने कृषि, पर्यटन प्रवर्द्धन, व्यापारिक, संरक्षण तथा सांस्कृतिक महोत्सव (एक्सपो २०८१) को सम्पुर्ण तयारी पुरा भएको छ ।
महोत्सबको लुम्बिनि प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्घाटन गर्ने कार्यक्रम तय भएको महोत्सब मुल आयोजक समिति सदस्य अम्बर बहादुर लामीछाने मगरले बताए ।
नेपाल आदीबासी जनजाति महासंघ नगर समन्वय परिषद्को आयोजनामा कोहलपुरको खुल्ला मैदान परिसरमा यहि पुस ९ गते देखि १७ गते सम्म आयोजना सञ्चालन हुन लागेको हो । आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् द्वारा प्रथम सस्करणको रुपमा विश्व भरी फैलिएका हामी जनजाति, हामी आदिवासी, जोगाई राखौं भेषभुषा, भाषा, संस्कृति भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरीएको हो ।
महोत्सब मार्फत पर्यटन प्रर्बद्धन हेतु आदीवासी जनजातिहरुको संयुक्त संग्राहलय निर्माण गर्ने, जाती, जनजाति, कला, संस्कृति संरक्षणका साथै यस क्षेत्रमा औधोगिकरणमा लगानी बढाउन सन्देश दिने लक्ष्य रहेको महोत्सब मुल आयोजक समिति सदस्य लामीछाने मगरले बताए ।
महोत्सब उद्घाटनमा हात्ती र उँटको समेत प्रदर्शनी हुने लामीछाने मगरले जानकारी दिए । यो संगै उद्घाटन समारोहमा रक्तदान कार्यक्रम र निःशुल्क डेन्टल सेवाको पनि आयोजना गरीएको महोत्सबका प्रेस संयोजक दिपक राईले कोहलपुर खबरलाई बताए । ६४ जना स्थानिय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुती राख्ने छन् भने जसमा अन्तराष्ट्रिय रसियन कलाकारहरुको समेत प्रस्तुती रहने आयेजकले बताएको छ ।
प्रत्यक बर्ष महोत्सब भित्रको थारु गाँउमा प्रबेशका लागी शुल्क लिने गरेकोमा नेपाल आदीबासी जनजाति महासंघ नगर समन्वय परिषद्ले यो पटक थारुगाँउमा निशुल्क प्रबेशको समेत ब्यबस्था मिलाएको संयोजक राईले बताए ।
महोत्सबमा २ सय ५० ब्यबसायिक स्टलहरु निर्माण गरिएका छन् । जस मध्य २३० ब्यबसायिक स्टलहरु बुकिङ्ग भईसकेको छ । महोत्सवमा सुरक्षा ब्यबस्थालाई मध्यनजर गर्दै कडा सुरक्षा ब्यबस्थापनका लागी ईलाका प्रहरी कार्यलय र कोहलपुर नगर प्रहरी संग समन्वय गरीएको राईले बताए ।
महोत्सवलाई ३ लाख बढि दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने करिव ५ करोडको कारोबार हुने अपेक्षा गरिएको आयोजकले बताएको छ । महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि रु १ सय र विद्यार्थीहरुका लागि रु ७५ टिकट दर कायम गरिएको छ । महोत्सवमा सारीरिक अपाङ्गता र जेष्ठ नागरिकलाई भने निःशुल्क गरिएको छ ।
कोहलपुर खबर । ८ पुष २०८१, सोमबार २३:३०