काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने १२ बजे ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ ।
साविक बिजेता नेपाल अपराजित छ । आजको खेल जित्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो ।
हङकङ भने साउदी अरबसँग पराजित भएको छ । आइतबार भएको खेलमा साउदीले हङकङलाई ५५ रनले हराएको थियो । पहिलो खेलमा हङकङले कतारलाई २६ रनले पराजित गरेको छ ।
पछिल्लो पटक सन् २०२४ को मार्चमा मोङ कोकमा भएको खेलमा हङकङले नेपाललाई ७३ रनले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ ।
कोहलपुर खबर । ३ बैशाख २०८१, सोमबार ०७:४८