कोहलपुर जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु

आज पहिलो दिन महिला सशक्तिकरण र घरेलु हिंसा न्यनिकरण तालीम सम्पन्न।

मार्सलराज सन्ज्याल

३ साउन कोहलपुर / महिला सशक्तिकरण र घरेलु हिंसा न्यनिकरण बिषयक तालीम आज कोहलपुरमा सम्पन्न भएको छ ।

कोहलपुर जेसीजको आयोजनामा जेसीजको सप्ताह कार्यक्रम अन्तर्गत उदघाटन गर्दै आज महिला सशक्तिकरण र घरेलु हिंसा न्यनिकरण बिषयक तालीम सम्पन भएको हो ।

कोहलपुरको होटेल कृष्णमा संचालन भएको जेसिज सप्ताहा कार्यक्रमको प्रमुख अतिथि कोहलपुर नगरपालीकाको उप प्रमुख तथा कोहलपुर जेसीजका पुर्व अध्यक्ष जेसी संगीता सुवेदीद्धारा पानसमा बत्ती बाली उद्घाटनका गरिएको हो ।
जेसिज सप्ताहा कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाको उपमेयर संगिता सुबेदीले कोहलपुर जेसिजले विगतका दिनदेखि नै सामाजिक क्षेत्रमा रहेर धेरै महत्वपूर्ण कामहरू गर्दै आएको बताईन । उपमेयर सुबेदीले अबको दिनमा हरेक क्षेत्रबाट महिलाको नेतृत्व हुन जरुरी रहेको बताईन। यस्तै जेसिजले गरेका कार्यक्रममा कोहलपुर नगरपालिकाले पनि महिलाको लागी सहज हुने किसिमको निती तथा कार्यक्रम बनाउने उनले बताईन ।

कोहलपुर जेसिज वर्ष २०२२ का अध्यक्ष इश्वर शर्माले अबका दिनमा महिलाहरु सशक्तीकरण हुनुपर्ने कुरामा जोड दिएका छन । उनले भने महिला हिंसा, घरेलु हिंसा, लैङ्गिक हिंसा न्यूनीकरण गर्नको लागी महिलाहरु सक्षम हुनुपर्छ ।
महिला सशक्तिकरण र घरेलु हिंसा न्यनिकरण बिषयक तालीमको प्रमुख प्रशिक्षक उच्च अदालत बार एशोसियसन बाँकेका सह-सचिव अधिवक्ता कुष्मा सुवेदी बस्याल रहेका थिए ।
जेसीज सप्ताह कार्यक्रम अन्तर्गत आज देखि एक हप्ता विभिन्न कार्यक्रम गरी मनाईदैछ । कोहलपुर जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत साउन ४ गते ट्राफिक सचेतना कार्यक्रम, साउन ७ गते वृक्षरोपण कार्यक्रम, साउन ८ गते किशोरी आत्मरक्षा कार्यक्रम, साउन ९ गते आखा शिविर, साउन १० गते किशोरी महिनावारी शिक्षा कार्यक्रम र साउन ११ गते पुरस्कार वितरण गर्ने योजना रहेको अध्यक्ष शर्माले जानकारी दिए ।
कार्यक्रममा बिभिन्न क्षेत्रका करिब १०० जना महिलाहरुको सहभागीता रहेको जेसिज सप्ताहा कार्यक्रमका कार्यक्रम संयोजक दिपेन्द्र कठायत ले बताएका थिए । उत्साह पुर्ण सहभागीतामा सम्पन्न कार्यक्रममा कोहलपुर जेसीज तथा जुनियर जेसीजका बिभिन्न पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।