हिमालय लघुवित्त वित्तीय संस्थाद्वारा पीडित सुशिला बुढालाई बिमा दाबी रकम भुक्तानी

पीडित सुशिला बुढालाई हिमालय लघुवित्त वित्तीय संस्थाले दियो बिमा दाबी रकम

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगरमा सञ्चालित हिमालय बैंकको सहायक कम्पनीको रूपमा रहेको हिमालय लघुवित्त वित्तीय संस्था लिमिटेडले बिमा दाबी रकम भुक्तानी गरेको छ ।

कौशिलानगरमा रहेको हिमालय लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयले बैजनाथ गाउँपालिका वडा नं. ३ सुतैया घर भएकी सुशीला बुढालाई शाखा कार्यालय अन्तर्गत केन्द्र नम्बर -४१ को समूह नम्बर -१ बाट रु. १ लाख विमाङ्गक रकम उपलब्ध गराएको छ । हिमालय लघुवित्त वित्तीय संस्थाको सदस्यमा आबद्ध रहेकी सुशीला बुढाका श्रीमान लक्ष्मण बुढाको निधन भएपछि निच सदस्य सुशीला बुढालाई कार्यालयले बीमाको रकम उपलब्ध गराएको हो ।

संस्थाको लघु बीमा अन्तर्गत संस्थाले नियमअनुसार कर्जाको साँवा, ब्याज मिनाहा गरी कर्जा बीमा अन्तर्गत सदस्य सुशीला बुढाको पतिको निधन पश्चात दिइने क्रिया खर्च बापतको रकम रु. २५ हजार र कर्जा रकम १ लाख गरी “संस्थाले १ लाख २५ हजार रुपैया” बिमाबाट प्राप्त भएको जसमध्ये तिर्न बाँकी रहेको “कर्जा रु ९३ हजार, ३ सय ३९ रुपैयाँ, ६१ पैसा”  संस्थाले कट्टा गरी बाँकी रहेको “रकम ३१ हजार, ६ सय ६० रुपैयाँ ३९ पैसा” कुमारी बैंकको चेक मार्फत संस्थाका केन्द्र प्रमुख लक्ष्मी हमालको नेतृत्व र शाखा प्रमुख दलबहादुर लामिछाने मगरले सदस्य सुशीला बुढालाई चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै विमाङ्गक रकम वितरण कार्यक्रममा केन्द्र प्रमुख लक्ष्मी हमालले संस्थाको विश्वास र काम कार्यप्रति आफू खुसी भएको भन्दै मानव हितको सामाजिक कार्यलाई निरन्तर अगाडि बढाउनुपर्ने विश्वास व्यक्त गर्दै गरिब परिवारका सदस्यहरूलाई राहतको महसुस हुनेगरी संस्थाले उच्च प्रशंसा गर्न योग्य यस्ता सामाजिक कामहरुलाई समेट्दै लैजानुपर्ने सुझाव समेत दिएकी हुन् ।

त्यस्तै यस संस्थाले विमाङ्गक कार्यक्रम सञ्चालन गर्दा आफू निकै खुसी भएको भन्दै आफू समस्यामा परेको अवस्थामा हिमालय लघुवित्त वित्तीय संस्थाले सावाँ, ब्याज मिनाहा गरी बाँकी रहेको विमाङ्गक रकम आफुले प्राप्त गर्न पाउँदा निकै खुसी भएको पीडित सुशिला बुढाले बताएकी छन् ।

विमाङ्क रकम हस्तान्तरण कार्यक्रममा फिल्ड सहायक कर्मचारी सुस्मिता थारु, लोकेन्द्र देव भट्ट, गणेश आर. सी. समेतको उपस्थितिमा रहेको थियो ।