१० असार,नेपालगञ्ज। नेपालगञ्जको एक नम्बर वडा कार्यालय र ब्याडमिन्टन कोर्ट परिसरमा आज वृक्षारोपण गरीएको छ ।
नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको उपस्थितिमा वडा नम्बर १ को कार्यालय परिसर र वाटरपार्कस्थित ब्याडमिन्टन कोर्ट परिसरमा गुल्मोहर, जरकान्दा र कमलदासका ६० बिरुवा रोपिएको वडा अध्यक्ष प्रमोद रिजालले बताएका छन ।
नगर प्रमुख विष्टले हरियाली प्रवर्द्धन गर्दै स्वस्थ वातावरण निर्माणका लागि वृक्षारोपण अनिवार्य रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाले वृक्षारोपणलाई अभियानकै रुपमा अघि बढाउने नगर प्रमुख विष्टले बताए ।
वृक्षारोपण कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीय लगायत पत्रकार हरुको उपस्थित रहेको थिए ।
वडा नम्बर १ लाई ‘हरित वडा’ को रुपमा विकास गर्ने लक्ष्य अनुरुप हरियाली प्रवर्द्धन गर्दै वडाका विभिन्न ठाउँहरुमा वृक्षारोपण गरिरहेको वडा अध्यक्ष रिजालले बताए ।
कोहलपुर खबर । १० असार २०८०, आईतवार १०:५८