कोहलपुरमा अत्याधुनिक सुविधासहितको आर.एम अस्पताल सञ्चालन

५ माघ कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा अत्याधुनिक सुविधा सहित आर एम हस्पिटल सञ्चालनमा आएको छ ।

कोहलपुर नगरपालिकामा वडा नं ११ मा सञ्चालन भएको आर एम हस्पिटलको उद्घाटन भएको छ। लुम्बिनि प्रदेश सभा सदस्य माननिय सन्जु कुमारी थारुले बिभिन्न समस्याका बिरामीलाई मध्यनजर गर्दै आर एम हस्पिटल सञ्चालनमा ल्याएको बताएकी छन्। उक्त हस्पिटलको उद्घाटन भने नयाँ र फरक ढङ्गले ससुरा बुवाको हातबाट गरिएको थियो ।

आर एम हस्पिटल कोहलपुर क्षेत्रमा सञ्चालन भइसकेपछि यस हस्पिटलबाट विभिन्न सेवा सुविधाका साथ बिरामीहरूको उपचार गरिने डा.गोविन्द प्रसाद थारुले कोहलपुर खबरलाई बताएका हुन् । हस्पिटलबाट प्रवाह हुने सेवा सुविधाहरु हाडजोर्नी, बाल रोग, चर्म(छाला) तथा यौनरोग,नाक कान तथा घाटि सम्बन्धि रोग, मानसिक स्वास्थ्य र मनोरो, पेट, छाति तथा मुटु, मृगौला, नशा तथा मेरुदण्ड सम्बन्धीका सम्पूर्ण रोगहरूको आर एम हस्पिटलबाट हुने बताएका छन्।

साथै सामान्य रोग परिक्षण : एक्स-रे,भिडियो एक्स-रे (अल्ट्रासाउन्ड),ड्रेसिङ,माइनर ओ.टि.,फिजीयोथेरापी गरिने २४ सै घण्टा इमर्जेन्सी सेवा, प्रयोगशाला, इसीजी, फार्मेसी लगाएत सम्पूर्ण सेवाहरु उपलब्ध हुनेछन ।