१५ असोज सल्यान / सल्यानमा फेरि जिप दुर्घटना भएको छ । दुर्घटनामा २ जाना को घटनास्थलमै मृत्यु भएको छ भने १७ जना गम्भीर घाइते भएका छन ।
कुमाख गाउँपालिका ७ डुमकोटबाट सारदा नगरपालिका ११ खैराबाङ्ग जाँदै गरेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटना भएको हो । बिहान करिब ६ : ४० मा कुमाख गाउँपालिका ७ जिमाली स्थित कच्ची सडक खण्डमा उकालोमा ब्याक गर्दैगर्दा जिप अनियन्त्रित हुँदा सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा परि कुमाख गाउँपालिका ७ डुमकोटका ३९ बर्षिय मान बहादुर पुन र सोही ठाउँका अन्दाजी १४ बर्षकि एनका पुनको घटनास्थलमै ज्यान गएको हो । घाईते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको प्रहरीले बताएको छ ।
कोहलपुर खबर । १५ आश्विन २०७९, शनिबार १३:१९