पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रकरण: संसदीय छानवीन विशेष समिति हेरफेर

३० असार काठमाडौँ / तत्कालीन अर्थमन्त्री शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर गरिएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सो संसदीय छानबिन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा नेपाली काँग्रेसको तर्फबाट सांसद मानबहादुर विश्वकर्मालाई राख्ने निणर्य गरेको छ ।

नेपाली काँग्रेसकी सांसद भुसालले आज प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी छन् । आगामी आर्थिक वर्षको बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न लगाइएको भन्दै त्यसको छानबि गर्न गत असार २२ गते बुधबार सो संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो ।
अहिले कार्यसमितिमा प्रमुख प्रतिपक्ष दल एमालेका ४ जनासहित ११ सदस्य रहेका छन् ।