नन्द किशोर कुर्मी
असार २६ गते, विजयनगर / विजयनगर गाउ पालिकाकाे वडा नम्बर ७ मधुनगर साेनबरसामा अवस्थित श्री त्रिनेत्र म. वि. विद्यालय मधुनगर साेनबरसामा छात्रवृत्ति र खाजा वितरण गरिएको छ । विद्यालयमा ३५० जना छात्रा र दलित विद्यार्थीलाई छात्रवृत्ति र खाजा वितरण गरिएको प्रधानाध्यापक बालजी चौधरीले जानकारी दिनुभएको छ ।
मंगलबार विद्यालयका अध्यक्ष विजय कुमार चौधरीको रोहबरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हाे । कक्षा १ देखि कक्षा ८ सम्म ३५० जना बालबालिलाई छात्रवृत्ति बितरण गरिएकाे छ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक संघका पदाधिकारी, अभिभावक र विद्यार्थीहरुकाे उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हाे ।
कोहलपुर खबर । २६ असार २०८०, मंगलवार २२:१९