२० कार्तिक, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका बाह्र चौप्परगौडी देखि तिन किलोमिटर दाउना सम्म दलित सेवा समाज एकताले सरसफाई कार्यक्रम गरेको छ ।
समाज परिवर्तन र सफा बातावरणका लागी समाजमा भएका फोहोरहरु व्यावस्थि गर्नु पर्छ धन्दै दलित सेवा समाज एकताले महिनाको एक दिन आफुहरुले सरसफाई गर्ने भन्दै आजबाट चौप्परगौडी देखि तिन किलोमिटर दाउना सम्म सरसफाई गरेको हो । दलित सेवा समाजले आयोजना गरेको सरसफाई कार्यक्रममा कोहलपुर नगर प्रहरी र एम.पि एजुकेशनल एण्ड कम्पुटर इन्स्टिच्युट सँगको संयुक्त सहकार्यमा सरसफाई कार्यक्रम गरिएको हो।
आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर कोहलपुर बनाऔं भन्ने मुल मर्मका साथ कोहलपुर नगरपालिका भित्र रहेको पुर्व-पश्चिम राजमार्गमा पर्ने चप्परगौडीको बजार क्षेत्र देखि तिन किलोमिटर भित्र दाउना सम्म सरसफाई गरिएको थियो ।
सरसफाई कार्यक्रममा बोल्दै दलित सेवा समाज एकताका अध्यक्ष धनसिह लुहार चप्परगौडी बजार क्षेत्रलाई सफा र शुन्दर बनाउनको लागी वडा र नगरपालिकाको निरन्तर सहकार्यले बजार र गाँउलाई सधै सफा शुन्दर बनाउन सकिने बताए । त्यस्तै उक्त अभियान सँगै फोहोरलाई स्थानीयहरु आफैले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा जस्ता व्यापारिक सामाग्री राख्न रोक लगाउने र त्यस्ता सामाग्री तथा वातावरण दूषित पार्ने काम नगरे कुहिने र नकुहिने फोरलाई अलक अलक ठाउमा व्यावस्थापन गर्नु पर्ने ताज बहादुर परियारले कोहलपुर खबरलाई बताए ।
कोहलपुर खबर । २० कार्तिक २०८०, सोमबार ११:४६