भारत सरकारद्वारा भुकम्प पिडितका लागि १० करोड बराबरको राहत सामग्री सहयोग

 

१९ कात्तिक ,काेहलपुर। भारतले नेपाललाई १० करोड रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्रीको हस्तान्तरण गरेको छ ।जसमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिलेटरहरू जस्ता प्रभावित मानिसहरूका लागि चिकित्सा उपकरणहरू समावेश थिए ।
नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि आपतकालीन राहत सामग्री नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका हुन् ।
एक विशेष भारतीय वायुसेना सी—१३० उडानले ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको खेप ढुवानी गर्‍यो ।
राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । घनिष्ट मित्र र छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिवद्ध रहेको राजदुत श्रीवास्तवले बताए ।
भारत आफ्नो छिमेकी र बाहिरका संकट परिस्थितिहरूमा पहिलो प्रतिक्रियाकर्ताको रूपमा जारी राख्ने बताए