१३ कार्तिक, कोहलपुर । बाँकेमा नयाँ सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल र नेपाल प्रहरीका प्रमुख एसपी सुवास चन्द्र बोहरालाई कोहलपुरमा एक कार्यक्रमका बिच स्वागत गरीएको छ ।
सोमबार एक औपचारीक कार्यक्रम गरी राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेले सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी पोख्रेल र नेपाल प्रहरीका प्रमुख एसपी बोहरालाई स्वागत कार्यक्रम गरेका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार मञ्च नेपालका अध्यक्ष राम बहादुर मल्ल मल्ले जन्मदेखि मृत्युसम्म प्राप्त गर्ने मानवविय अधिकारहरुलाई अक्षरस कार्यान्वयन गरी लैजाने बताए । केही दिनमा बाँकेका उद्योग, कलकारखाना, होटल तथा अन्य क्षेत्रहरुमा अनुगमन गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
नेपालगञ्जमा सामाजिक र धार्मिक सद्धभाव भड्किएपछि सुरक्षा परिषद्ले सिडियो र एसपीले कार्यकुशलता देखाउन नसकेको विश्लेषण भएपछि असोज २५ गते उनिहरुको सरुवा भएको थियो । स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोख्रेल, नेपाल प्रहरीका प्रमुख एसपी बोहरा, शसस्त्र प्रहरी बल बाँकेका प्रहरी उपरिक्षक रमेश विक्रम शाही र राष्ट्रिय अनुसन्धान प्रमुख मोहन कुँवरलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य चक्र अधिकारी, समाजसेवी चिन्तामणि धिताल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य एलवी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
कोहलपुर खबर । १३ कार्तिक २०८०, सोमबार २१:१४