११ असोज,काठमाण्डौ । हरेक वर्ष भदौशुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । भदौशुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ ।भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । हरेक वर्ष भदौशुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, धुलीखेल, दोलखालगायत ठाउँमा मनाइन्छ । इन्द्रजात्रा पर्वको अवसरमा सरकारले काठमाण्डौ उपत्यकामा आज सार्वजनिक विदा पनि दिएको छ ।
कोहलपुर खबर । ११ आश्विन २०८०, बिहीबार १२:४६