बाँकेमा भोलीदेखि नेकपा माओवादी केन्द्रको तीन महिने ‘जनतासँग माओवादी विशेष अभियान’

भदौ १५ कोहलपुर। नेकपा माओवादी केन्द्रले तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गरेको छ। नेकपा माओवादी केन्द्रका स्थायी सिमित सदस्य एवं बाँके जिल्ला अभियान ईन्चार्ज कुल प्रसाद केसीले बताए हुन्।

घोषणा गरेसँगै यस अभियान बाट बाँके जिल्लामा पनि पार्टीलाई रुपान्तरण सुदृढ र एकतावद्ध गर्दै आम जनसमुदाय र पार्टी पंत्तीलाई विश्वास दिलाउन यो अभियानले विशेष भूमिका खेल्ने देखिएको छ । बाँके लगायत देशभर ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत बाँकेका ८१ वटा वडामा भोलीदेखि अभियान सुरु हुने भएको छ ।

शुक्रबार नेपालगन्जमा गरिएको एक कार्यक्रमकाबीच जनतासँग माओवादी विशेष अभियानमा स्थानीयस्तरबाट केन्द्रसम्म सिंगो पार्टीलाई रुपान्तरण सहित एकतावद्ध पार्टी सुदृढीकरणका लागि पाटीले तीन महिने अभियान भोलि बिहान ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने बताईएको छ ।