भारतको बाटोबाट कुवेत जान खोजेका युवतीहरुलाई रुपन्देहीबाट उद्धार गरिएको छ ।
बेलहिया नाकामार्फत भारत हुँदै अवैध रुपमा कुवेत जान खोजेका १३ युवतीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० नवीन पौडेलले जानकारी दिए ।
मानव बेचबिखनकाविरुद्धमा काम गर्ने शान्ति पुर्नस्थापना केन्द्र नामक संस्थासँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो । उनीहरु सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, सिन्धुली, झापा घर भएका युुवतीहरु छन् ।
वैधानिक तवरबाट नेपालबाट सिधै कुवेत जान सकिने भए पनि उनीहरुले भारतको बाटो प्रयोग गर्न खोज्नु शंकास्पद देखिएको पौडेलको भनाइ छ । उनीहरुलाई अहिले केन्द्रकै सेफ हाउसमा राखिएको छ ।
हिजो राति अवेर भइसकेकाले आज मात्रै सोधपुछ गरेपछि थप कुरा खल्ने उनको भनाइ छ । युवतीहरुसँग श्रम स्वीकृति, बीमालगायतका कागजपत्र नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कोहलपुर खबर । १४ मंसिर २०८१, शुक्रबार ०९:३४