दाङमा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


१० असार,दाङ । दाङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ गोरक्ष टोल बस्ने २० वर्षीय श्रवण खनाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। खनालले ती किशोरीलाई विवाह गर्छु भन्दै विभिन्न प्रलोभन देखाई गत असार १० गते दिउँसो आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरी शारीरिक तथा मानसिक यातनासमेत दिएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।