५ असार,बैतडी । राजमार्गअन्तर्गतको जयपृथ्वी राजमार्गमा खसेको पहिरोले बैतडीको एक बस्ती नै उच्च जोखिममा परेको छ। बैतडी सुर्नया गाउँपालिका ७ भञ्ज्याङमा खसेको पहिरोले सडक तलतिर रहेको छिडा बस्ती उच्च जोखिममा परेको हो । सडकबाट खसेको पहिरोले १० भन्दा बढी घरहरू जोखिममा रहेका स्थानीय दीपक कुँवरले जानकारी दिए।
लगातार सडकबाट पहिरो खस्दा स्थानीयहरूको मकैबारी बगाएको छ भने घरहरू उच्च जोखिममा रहेका छन्। उनले भने, “ लगातारको बर्षासंगै सडकबाट खसेको पहिरोले मकैबालीसहित खेत बगाएको छ। आफूहरुको उठीबास हुने अवस्था आएको छ।पहिरोले अहिलेसम्म खेतबारीमा नोक्सानी पु¥याइसकेको छ भने बस्ती नै जोखिममा परेपछि स्थानीयहरु त्रसित बनेका छन्। सडक सुधारका लागि नयाँ कटिङ गरेको सबै माटो बगेर खेतबारीमा पुगेको हो।
पहिरोले हाम्रो बस्ती नै जोखिममा परेको छ। पहिरोबाट हुने क्षति कम गर्नका लागि सरकारसँग माग गरेका भए पनि कुनै सुनुवाइ हुन नसकेको अर्का स्थानीय चक्र कुँवरले बताए। पहिराले बस्ती नै जोखिममा रहेकोबारे जानकारी आएको भएपनि तत्काल केहि गर्न नसकिने सुर्नया गाउँपालिकाका अध्यक्ष अमर बहादुर कुवँरले बताए ।
कोहलपुर खबर । ५ श्रावण २०८०, शुक्रबार १३:३२