२७ असार, कोहलपुर । बाँके प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा फरार एक जनालाई पक्राऊ गरेको छ ।बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३४ वर्षिय सद्दन बेहना लाई बाँके जिल्ला अदालतको मिति २०७७।०९।२४ गतेको फैसलाले आत्महत्या दुरुत्साहन मुद्दामा ९महिना २४ दिन कैद र रु.१०,०००।– जरिवाना तोकिएको थियो । निज त्यसपश्चात उनी हालसम्म फरार रहेका थिए । बुधवारनै बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कोहलपुर खबर । २७ असार २०८०, बुधबार १२:४१