बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु


२१ असार, सल्यान । चलिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ। राप्ती राजमार्गअन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला स्थित आज विहान १०ः३० बजे दाङ तुलसीपुर बाट रोल्पा जाँदै गरेको रा१ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तार स्टेमा छोइँदा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

बसमा सवार १८, २० जना रहेको मध्ये २ जनाको मृत्यु र एकजना घाइते भएका छन् भने अन्य यात्रु सकुशल छन । घाइतेलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ।

मृतक २ जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी सूचना तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए।