११ असार, कोहलपुर । बाँके प्रहरीले २२ लाख बराबरको अबैध भन्सार छलिको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आईतबार जानकी गाउँपालिका वडा नं. ३ स्थित नेपालगंज गुलरिया सडकखण्डबाट सो सामाग्रीहरु बरामद गरेको हो । प्रहरीका अनुसार, नेपालगन्ज उपमहनगरपालिका वडा नम्बर ६ बस्ने बर्ष २५ को कुशल भट्टराईले चलाएको भे १ च ३९५१ नम्बरको बोलेरो गाडिमा लोड भएको अवस्थामा ३० डि.पि. स्विच ४५ डब्बा, ४० स्विच सकेट ३६० डब्बा, ५० स्विपर ब्राउजर २७ पिस लगायतका विभिन्न सामानहरु रहेको बाँके प्रहरीले जनाएको छ ।
बरामद गरीएको सो सामानहरु आवश्यक प्रक्रिया पुरा गरि थप कारवाहीको लागी सवारी चालक र बोलेरो गाडि सहित भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।
कोहलपुर खबर । ११ असार २०८०, सोमबार १०:५५