असार १५, कोहलपुर / बाकेको राप्तीसोनारीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । राप्तिसोनारी गाउँपालिका वडा नम्बर ३ नारायणपुर बस्ने नरेश थारुका ६ बर्षिय छोरा अभिषेक थारुको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
मंगलबार नजिकैको जंगलमा बाख्रा चराउन गएका अभिषेक बेलुका ६ बजेतिर चट्याङ लागेर गम्भीर घाइते भएका थिए । भेरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यस्तै अभिषेकसँगै रहेका सोही ठाउँका २२ बर्षीय युवक ईश्वरी ओली पनि चट्याङ लागेर घाइते भएका छन् । ओलीको राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ।
कोहलपुर खबर । १५ असार २०७९, बुधबार १२:००