१३ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा नेपाली कांग्रेसका नेता राजेन्द्र प्रसाद श्रेष्ठ सहित ७६ जना नेता र कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन् ।
नेपाली कांग्रेसका जिल्ला सदस्य समेत रहेका राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा राष्ट्रपति रामचन्द्र पौडेलका सहपाटी दुर्गा घिमिरे सहित ७६ जनाले आज पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी परित्याग कार्यक्रममा बोल्दै श्रेष्ठले पार्टिमा भएको बेथिती तथा नेतृत्वको स्वईच्छारी नितिप्रति असन्तुष्ट जनाउदै पार्टि परित्याग गरेको बताए ।
नेपाली काङ्ग्रेसले बिपि कोइरालाको समाजवादको नीति र गणेश मान सिंह र कृष्ण प्रसाद भट्टराईको त्यागको अबमुल्यन गरि भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ उनले भने । नेपाली कांग्रेस अहिले देशको नम्बर एक भ्रष्टाचारीहरुको पार्टी भएको भन्दै कांग्रेस भ्रष्टाचारीहरुको पार्टी होला भनेर आफुले कल्पनासमेत नगरेको उनले बताए । उनले भने, ‘सायद यो दिन आउला सोचेको थिइन् । म सानै देखि क्रियासिल भएर लागेको पार्टीको हो, दुःखका साथ पार्टी परित्यागको घोषण गर्न बाध्य छु ।’
पार्टी परित्याग कार्यक्रममा बोल्दै ५९ वर्ष देखि नेपाली कांग्रेसमा लागेका दुर्गा घिमिरेले वृद्ध अवस्थामा पार्टी छोड्नु पर्ने अवस्था हालको नेतृत्वले सिर्जना गरेको बताए । श्रेष्ठको नेतृत्वमा कोहलपुरबाट दुर्गा घिमिरे, राम बहादुर बिष्ट, अजय भट्टराई, रेशम बहादुर गिरी, पुष्पदेव गिरी, नन्द लाल अर्याल, गौरव रावल, डण्डपानी कंडेल, नविन निश्चल आचार्य, लगाएत ७६ जनाले पार्टि परित्याग गरेका छन ।
पार्टी परित्याग गर्ने अधिकांश कार्यकर्ता नेपाली कांग्रेसका रहेका छन् भने केही नेकपा एमाले र राप्रपामा आवद्ध कार्यकर्ता रहेका छन् ।
कोहलपुर खबर । १३ जेष्ठ २०८०, शनिबार २१:१४