कपडा व्यवसायी संघ कोहलपुरले २०८० सालको भित्रेपात्तो सार्वजनिक

✍️बाबु सन्ज्याल

८ बैशाख कोहलपुर । कोहलपुर कपडा व्यवसायी संघले २०८० सालको भित्रेपात्तो शुक्रवार सार्वजनिक गरेको छ। कोहलपुरमा कपडा व्यवसाय गरिरहेका सम्पुर्ण व्यवसायीहरूको हक र अधिकारका निमित्त यस संगठनले काम गर्दै आएको यस संस्थाका संस्थापक अध्यक्ष मेघराज अधिकार बताएका छन् । कोहलपुरमा रहेका कपडा व्यवसायीलाई समेटी २०७३ सालमा कोहलपुर कपडा व्यवसायी संघ स्थापना गरिएको थियो, उक्त संस्थाले व्यवसायीको अधिनमा रहेर काम गरिरहेको अध्यक्ष अधिकारीले जानकारी दिँदै, आगामी दिनहरुमा पनि यस संस्थाले सम्पूर्ण कपडा व्यवसायीहरुलाई समेट्दै अगाडि बढ्नेछ भन्ने आशा समेत व्यक्त गरेका थिए ।

कोहलपुर कपडा व्यवसाय सङ्घको भित्तेपात्रो सार्वजनिक गर्दै उप-प्रमुख संगीता सुवेदीले कोहलपुरमा रहेका कपडा व्यवसायीहरूको सहजीकरणमा स्थानीय सरकारले गर्नुपर्ने विषयमा कुनैपनि कमजोरी नरहने र बैंकले चर्को ब्याजदरमा असुलिरहेको ब्याजको विषयमा व्यापारीहरुले गरिरहेको विरोध प्रति स्थानीय सरकारको पनि ध्यान गएको बताएकी छन् ।

त्यस्तै कोहलपुर कपडा व्यवसायी संघका अध्यक्ष राजकुमार पौडेलले २०८० सालको भित्रेपात्तो सार्वजनिक गर्न विभिन्न कपडा  व्यवसायीहरुले भित्रेपात्तोमा विज्ञापनहरू संगठनले सोचेअनुसारको भएको र आगामी दिनहरुमा नयाँ रणनीतिका साथ संगठनलाई चलायमान बनाउन भावी योजनाका साथ आफू नेतृत्वको कार्यसमितिले काम गर्ने कोहलपुर खबरलाई जानकारी दिएका छन्

कार्यक्रममा नेकपा एमालेका कोहलपुर नगरपालिका अध्यक्ष मन प्रसाद शर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, कोहलपुर कपडा व्यवसायी संघका सम्पुर्ण सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन कपडा व्यवसायी संघका नि.वर्तमान अध्यक्ष एकराज भण्डारी गरेका थिए ।