२७ चैत्र कोहलपुर । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर भित्र रहेका नेपालकै एक मात्र जुँगे महादेवको मन्दिर पुन निर्माण गरिने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले मन्दिर पुन निर्माणका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेपछि टेण्डर आह्वान गरी काम शुरु भएको छ।
नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम शुरु गरिएको जानकारी दिदै मन्दिरसम्म पुग्नका लागि वर्षौँ पहिले बनाइएको प्रवेश मार्ग जीर्ण भएपछि उप–महानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो । नगर प्रमुख विष्टले भने अहिले मन्दिरसम्म पुग्ने बाटो फराकिलो बनाइने,मन्दिरमा पूजा गर्ने स्थान पनि फराकिलो गरिने विष्टले बताए ।
पश्चिम नेपालकै प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको तालकोबीच भागमा रहेको जुँगे महादेवको मूर्ति रहेको मन्दिरमा भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्री र अन्य दिनमा पनि भक्तजनहरूको भीड हुने समयमा दुर्घटनाको जोखिम रहने गरेकोमा नयाँ निर्माण भएपछि भक्तजनलाई सहजता हुने नगर प्रमुख विष्टले जानकारी दिए ।
कोहलपुर खबर । २७ चैत्र २०७९, सोमबार १४:५८