२३ पुष, कोहलपुर / लामो समय देखि कोहलपुरमा रहेर पत्रकारिता गरिरहेका कोहलपुर खबरका संचालक तथा प्रेस सेन्टर नेपाल कोहलपुर नगर समिती उपाध्यक्ष विवेक रेग्मिलाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाकेले प्रदान गर्ने क्रियाशील पत्रकारिता पुरस्कार २०७९ रेग्मीलाई प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघको १३ औं साधारण सभाबाट उनलाई सम्मान गरिएको हो । साधारणसभामा विभिन्न क्षेत्रमा कलम चलाउने दुई दर्जन पत्रकार र विभिन्न व्यक्तित्वहरुलाई सम्मान एवम् पुरस्कार प्रदान गरिएको छ ।
कोभिड महामारीमा पत्रकारहरुलाई स्वास्थ्य सेवा एवम् परामर्श प्रदान गरेका छाती तथा फोक्सो रोग विशेषज्ञ डा.सुभाष योगीलाई सम्मान गरिएको छ । उनी नेपाल पत्रकार महासंघ बाँके शाखाका स्वास्थ्य परामर्शदाता समेत हुन् । यस्तै बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली पत्रकारिता सम्मानबाट शाखाका पूर्व अध्यक्ष एवम् बरिष्ठ पत्रकार प्रेम केसी सम्मानित भएका छन् ।
विवेक रेग्मी र सुविता थारुलाई क्रियाशील पत्रकारिता पुरस्कार, यदुराज मिश्र र आलम खानलाई राम आधार-रामप्यारी पत्रकारिता पुरस्कार, आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार मिसन टुडे दैनिक, जी नेपाल टेलिभिजन र विनोेद गौतमलाई प्रदान गरिएको छ । यस्तै रेजिना मल्ललाई रामकली-चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार, बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार नन्दलाल शाहु र प्रेम विश्वकर्मालाई, सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार कृष्ण खनाललाई, यादव आचार्य र कमल खत्रीलाई माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
यस्तै अग्रजहरुलाई पनि शाखाले सम्मान गरेको छ । अग्रज पत्रकारहरु बासुदेव श्रेष्ठ, गणेश जिसी, नरेन्द्रजंग पिटर, पूर्णलाल चुकेलाई सम्मान गरिएको छ । यस्तै विभिन्न पुरस्कार र अक्षयकोष स्थापना गरेका व्यक्तित्व र प्रतिनिधिहरुलाई समेत सम्मान गरिएको छ ।
त्यस अवसरमा आमाद्वय रामकली र चन्द्रकला कुर्मीको नाममा रामकली-चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार स्थापना गरेका डा.कौशलकुमार बर्मा, आफ्नी आमा बेलमति शर्माको नाममा बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेका जीवन शर्मा, आफ्ना पति सूर्यनाथ गौतमको नाममा सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार स्थापना गरेकी सुशिला गौतम, आफ्नी श्रीमती माधवी शर्माको नाममा माधवी शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेका गोपाल बैरागी तथा आफ्ना बुवा राम आधार र आमा रामप्यारी बर्माको नाममा राम आधार-रामकली पत्रकारिता पुरस्कार स्थापना गरेका माधवराम बर्मालाई सम्मान गरिएको छ । यस्तै आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गर्ने नेपाल नेत्रज्योति संघ बाँके फत्तेबाल आँखा अस्पताललाई समेत सम्मान गरिएको छ ।
कोहलपुर खबर । २३ पुष २०७९, शनिबार २२:२९