१६ भाद्र बाँके / बाँकेको नेपालगञ्जमा ओन क्रेयसन नेपालगञ्जको आयोजनामा जय सम्भु फर्निचर एण्ड होम डेकोर मिस्टर नेपालगञ्ज २०२२ प्रतियोगिता नेपालगञ्जमा हुने भएको छ । जसमा २०१९ बाट शुरु गरिएको मिस्टर नेपालगञ्जको तेस्रो संस्करण भाद्र १६ गते देखि सिजन ३ को आबेदन खुल्ला गरिएको आयोजक ओन क्रेयसनकि प्रमुख कार्यकारी अधिकृत प्रेमा वलीले बताइन ।
उक्त प्रतियोगिताबारे जानकारी दिन बिहीबार नेपालगञ्जमा पत्रकार भेटघाट कार्यक्रममा गरिएको हो। प्रतियोगितामा केटिहरु मात्र ग्यालमर, मोडेल बन्नु पर्छ भन्ने नेपाली बिश्वासलाई तोडदै आफुहरुले युवा पुरुषहरुको योग्यता क्षमतालाई उजागर गरि सिंगो बाँकेलाई राष्ट्रिय रुपमा परिचित गराउन मिस्टर नेपालगञ्जको शुरुवात सन २०१९ मा गरि सिजन तीन सम्म आइपुगेको वलीले जानकारी दिइन् ।
जय शम्भु फर्निचर एण्ड होम डेकोर कोहलपुरको मुख्य प्रायोजनमा हुन लागेको मिस्टर नेपालगञ्ज २०२२ को मेकअप तथा हेयर डिजाइनर पाटनरमा असिम नेपालगञ्ज, ड्रेस डिजाइनर पाटनर आर्सा नेपालगञ्ज, क्लोथिङ सर्पोट क्लोथ प्वाईन्ट नेपालगञ्ज, प्रिन्टिङ पाटनर बि एण्ड बि हस्पिटालिटी, सेलिबे्रसनमा एम्मी बाइट्स टि सट एण्ड टाइटलले सह प्रायोजकको भुमिका खेल्ने र कार्यक्रमलाई उत्कृष्ट बनाउन सोसल मिडिया पाटनर कोहलपुर ग्यालरी र नेपालगञ्ज ग्यालरीले महत्वपुर्ण भुमिका निभाएको कुरा आयोजकले बताएको हुन् ।
प्रत्रकार भेटघाट कार्यक्रममा २०१९ का बिजेता सुभास खडका, २०२१ का बिजेता मिलन शाहको उपस्थित रहेको थियो ।कार्यक्रममा मिस्टर नेपालगञ्ज २०२२ सफल बनाउन बिभिन्न कलेज , स्कुल तथा बिश्वबिद्यालय र बाँकेका बिभिन्न स्थानमा अडिसनमा सहभागि छनौटका लागि उत्प्रेरनात्मक कार्यक्रमको आयोजना गरिने भएको छ ।
१६ बर्षदेखि २६ बर्ष समुहका अबिभाहित पुरुषहरुले पनि मिस्टर नेपालगञ्ज २०२२ मा सहभागि बन्ने अवसर रहेको र सहभागी बन्नको लागि रु ५०० को फम खरिद गरि आफनो नाम दर्ता गराउन सक्नेछन् । फम कोहलपुरमा फेसन दरबार र नेपालगञ्जमा एमि बाईट्समा पाइने आयोजक ओन क्रेयसन नेपालगञ्जले जनाएको छ । प्रतियोगीहरुलाई नेपालगञ्जमै एक महिनाको तालिम बिभिन्न अभ्यास तथा बोल्ने तर्क गर्ने अभिनय र मोडेल वाक जस्ता क्रियाकलाप गराइनेछ ।
पुजा वलीको मुख्य ब्यबस्थापनमा हुने जय सम्भु मिस्टर नेपालगञ्ज २०२२ प्रतियोगिताको प्रथम अडिसन असोज २३ बाट मेरो प्लानेट नेपालगञ्जमा शुरु हुनेछ । फाइनल बिजेताले रु ३५ हजार बराबरको गिफट प्राप्त गर्नुका साथै नेशनल इभेन्टमा मिस्टर सुपरनेशनल नेपालमा भाग लिन समेत पाउने छन् ।
कोहलपुर खबर । १६ भाद्र २०७९, बिहीबार २०:३९