१७ फागुन, कोहलपुर । स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत आज दोस्रो खेल नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली र भिक्ट्री भाईपर नेपालगन्ज विच हुँदै छ ।
प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा हुने यो खेल मध्यान्ह साढे १२ बजे देखि शुरु हुने छ । जारी प्रतियोगिताको पहिलो खेल सि.एम ११ दाङ्ग र सि क्लव नेपालगञ्जविच सम्पन्न भएको थियो । जसमा सि यूवा क्लब नेपालगन्जले १० रनले जित निकालेको थियो ।
नकआउट चरणमा खेलिने खेलमा सि.एम ११ दाङ्गले हार बेहोरे संगै स्व. वीरेन्द्र शाहि स्मृति खुल्ला टि २० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । आज हुने खेलमा बिजेता टिमले सेमिफाईनलका लागी सि यूवा क्लब नेपालगन्ज संग भिड्ने छ ।
८ वटा टिम सहभागी उक्त प्रतियोगिता प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा फागुन २० गते सम्म हुने आयोजकले जनाएको छ ।
कोहलपुर खबर । १७ फाल्गुन २०८१, शनिबार ०९:०१