४ साउन, काठमाडौं । आज देखि अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण सुरु हुँदैछ । पहिलो पटक ३२ टिम सहभागी यस विश्वकप पहिलो पटक दुई देशले आयोजना गर्दैछन् । अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको यस विश्वककमा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । महिला विश्वकपको यो नवौँ संस्करण हो । प्रतियोगिता आगामी अगस्त २० सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेल आयोजक न्युजिल्यान्ड र नर्वेबीच अकल्यान्डमा खेलिने छ । यस खेल अकल्याण्डस्थित एडेन पार्कमा नेपाली समय अनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
महिला विश्वकपको नवौं संस्करणका खेलहरु अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न १२ वटा सहरमा खेलाइने भएको छ । नवौं महिला विश्वकपको फाइनल खेल भने अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रंगशालामा खेलाइने कार्यक्रम रहेको छ ।
कोहलपुर खबर । ४ श्रावण २०८०, बिहीबार १२:०९