सुर्खेतबाट महाकुम्भका लागि हिँडेको बस बबईमा दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।
भेरी नगरपालिका-५ स्थित सानो खोलामा भेश्ख ४३३१ नम्बरको यात्रुबहाक बस आइतबार बेलुका दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका हुन् । दुर्घटनामा परी घाइते भएकाहरूलाई नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर ल्याईएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार उक्त दुर्घटनामा परेको बसमा ४१ जना तीर्थयात्री सवार रहेका थिए ।
प्रहरीका अनुसार बस भारतको उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा जारी कुम्भ मेलामा जाँदै गरेको थियो । बस अनियन्त्रित भई सडक पुल नजिकबाट ७र८ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
कोहलपुर खबर । २८ माघ २०८१, सोमबार ०७:१७