८औं कोहलपुर मेयर कप सुरू, चार विधामा प्रतिस्पर्धा हुने

  कोहलपुर । कोहलपुर नगरपालिका स्तरिय ८औं मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ ।

कोहलपुर नगरपालिका वडा नं. १ मा रहेको कृष्ण माविको खेल मैदानमा बुधबारदेखि सुरू भएको प्रतियोगिताको कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले उदघाटन गरेका छन । प्रतियोगिताको उदघाटन समारोहमा बिभिन्न साँस्कृतिक झाँकि सहित सहभागि विद्यालयहरुले मार्चपास गरेका थिए । कोहलपुर नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समिति कोहलपुरको व्यवस्थापनमा सुरू भएको प्रतियोगितामा चार विधाका विभिन्न खेलहरू संचालन हुने भएका छन ।

आज माघ १६ गतेदेखि १९ गतेसम्म सञ्चलालन हुने खेलकुद प्रतियोगितामा चार विधाहरु (एथलेटिक्स, भलिवल, कवडि र मार्शल आर्ट) का खेलहरु हुनेछन भने यस पटक चेस खेललाई समेत खेलका रूपमा समावेश गरिएको छ । २ हजार १६७ खेलाडिले सहभागिता जनाउने खेलकुद प्रतियोगिताकालागि कोहलपुर नगरपालिकाले १० लाख वजेट विनियोजन गरेको छ भने सहभागि विद्यालयको प्रबेश शुल्क बापत करिब ३ लाख रकम संकलन भएको कार्यक्रमका सभाध्यक्ष एवं नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रिले जानकारी दिए ।

यस पटक मावि तर्फ प्रथम हुनेलाई ७५ हजार, द्धितिय हुनेलाई ६५ हजार र तृतिय हुनेलाई ५५ हजारकासाथै उत्कृष्ठ खेलाडिलाई ५१ हजार नगद सहित पुरष्कृित गरिने भन्दै क्षेत्रिले आवितर्फ प्रथम, द्वितिय र तृतियले क्रमश २५ हजार, २० हजार र १५ हजार प्राप्त गर्ने बताए ।

प्रतियोगितामा मावितर्फ १३ सामुदायिक र २७ संस्थागत गरी कुल ४० विद्यालयको सहभागिता रहनेछ भने आवि तर्फ ८ सामुदायिक र ५ संस्थागत गरि जम्मा १३ विद्यालयहरुले सहभागिता जनाएका छन ।